गण्डकी प्रदेशसमाचारसमाजस्थानीय

पोखरा र लेखनाथमा आम हड्तालको प्रभाव

Spread the love

पोखरा, २२ माघ ।
प्रचण्ड(नेपाल नेतृत्वको नेकपाले बिहीबार गरेको देशव्यापी आम हड्तालको प्रभाव पोखरा तथा लेखनाथका क्षेत्रमा पनि परेको छ । बन्दकर्ताहरु पोखराको चोकचोकमा बसेर सवारी साधनलाई आवतजावतमा रोक लगाएका छन् ।

बजार क्षेत्रमा छोटो दुरी तथा लामो दुुरीका निजी यातायातका साधन हरु यातायातका साधन छोटो र लामो दुरीका संचालनमा आएका छैनन् । शिक्षण संस्था, उद्योग तथा व्यापारिक केन्द्र बन्द छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालका अनुसार विहान पौने नौ बजेसम्म पोखरामा कुनै अप्रिय घटना नभएको र बन्दकर्ता नियन्त्रणमा नरहेको जानकारी दिनुभयो । पोखरामा एम्बुलेन्स, पानी तथा दूध बोक्ने गाडी निर्वाध रुपमा संचालनमा छन् भने संचारकर्मीका सवारी साधनलाई पनि कुनै रोकतोक गरिएको छैन ।

यसै गरी प्रचण्ड-माधव समूहले महेन्द्रपुलमा प्रदर्शन गरेका छन् । । प्रदर्शनमा राजकाजी गुुरुङ, दीपक कोइराला लगायतका नेताहरु देखिएका छन् । ओली समूहका नेता, कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल र्‍याली निकाले निकालेका थिए।

जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी सुवास हमालका अनुसार हालसम्म जिल्लामा कुनै उछृंखल गतिविधि भएका छैनन् । कसैलाई पनि पक्राउ गरिएको छैन ।

यता लेखनाथका क्षेत्रमा पनि बन्दको प्रभाव परेको छ । शिक्षण संस्था, उद्योग तथा व्यापार व्यवसाय बन्द रहेका छन् भने सुुरक्षा निकायको चोक चोकमा उपस्थिति रहेको छ ।

Related Articles

Close