अर्थ खबरसमाचार

हाम्रो सहयोगी सहकारी संस्थाको अध्यक्षमा कंडेल

सामाजिक सुरक्षा सेवा कोष सन्चालन

Spread the love

पोखरा, भदौ २३ ।
पोखराको पृथ्वीचोकमा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा शुक्रराज कंडेल निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा सुवास ढुंगाना, सचिवमा लोकेन्द्रकुमार राई, सहसचिवमा कृष्ण तिमिल्सिना , कोषाध्यक्षमा रुद्र विक, सहकोषाध्यक्ष जमुना आचार्य रहेका छन् । यसैगरी सदस्यमा दीपेन्द्र शर्मा, सृजन श्रेष्ठ, निर्मल पंथी, गोपाल भूषाल, कृष्णबहादुर लम्साल, मनोज रसायली र शिव संसार श्रेष्ठ रहेका छन । यस्तै लेखासमिति संयोजकमा डिल्ली प्रसाद शर्मा, सदस्यमा लालबहादुर राना र रामचन्द्र पौडेल छन् । हाम्रो सहकारीले महानगरले बनाएको सहकारी ऐन लागु गरेको छ । पोखरा महानगरमै सञ्चालक समिति चयनमा ऐन लागु गर्ने हाम्रो सहयोगी पहिलो बनेको हो । जनप्रतिनिधि र कर्मचारी सञ्चालक बन्न नपाइने प्रावधान अनुरुप सहकारीका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षले नेतृत्व हस्तान्तरण गरेका हुन् ।

हाम्रो सहयोगी सहकारीद्धारा सामाजिक सुरक्षा सेवा कोष सन्चालन
यसै गरी हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सुरक्षा सेवा कोष सञ्चालनमा ल्याएको छ । पोखराको पृथ्वीचोकमा रहेको सहकारीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि उक्त कोष सञ्चालन गरेको हो । सहकारीको १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा उक्त कोष घोषणा गरीएको हो । कोषको रकम ३ लाख ५१ हजार १ सय ११ रहेको छ । उक्त कोषमा प्रत्येक सदस्यबाट दैनिक १ रुपैयाँ जम्मा गरिने बताइएको छ । यस अघि साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेखबहादुर थापाले सहकारीले राज्यको नीति नियम पूर्ण पालना गर्नु पर्नेमा जोड दिंदै सहकारीले समेत अरवौं रकम कारोबार गर्न र व्यवस्थित ढंगले सञ्चालन गर्नैका लागि सहकारीबीच मर्जको नीति ल्याउन लागिएको बताए । मन्त्री थापाले सहकारीलाई ग्रामिण क्षेत्रमा केन्द्रित गर्नुपर्ने भन्दै ग्रामिण क्षेत्रमा जाने सहकारीलाई प्रदेश सरकारले विशेष प्रोत्साहन गर्ने पनि बताए ।

सोही अवसरमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापाले सहकारीलाई सशक्त ढंगले सञ्चालन गर्न सके मुलुकको समृद्धिको बाहक सहकारी हुने बताए । सहकारीका निवर्तमान अध्यक्ष किशान सुनारले सहकारीले अवलम्वन गरेका बाटा र लिएका नीति निकै महत्वपूर्ण भएको भन्दै राज्यले सहकारीलाई पनि विशेष महत्व दिनुपर्ने खाँचो औंल्याए । संस्थाका अध्यक्ष शिव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, कैलाश सहकारीका अध्यक्ष शिव अधिकारी, सहकारीकी उपाध्यक्ष राधिका शाही योगी, सचिव नवीन किरण भुषाल, कोषाध्यक्ष दीपेन्द्र आचार्य, शिक्षा समिति संयोजक लालबहादुर गुरुङ लगायतले आ–आफ्नो धारणा राखेका थिए । उक्त अवसरमा नेपालदूत अनलाईनका कार्यकारी सम्पादक हरि पन्तलाइ पोखराको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि। ले स्थापना गरेको ‘सहकारी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका हुन् ।
यसै गरी उत्कृष्ट कर्मचारी जीवन अधिकारी, बजार प्रतिनिधि सुरक्षा सापकोटा, उत्कृष्ट तथा असल कारोबारीहरू विष्णुबहादुर सुनार, लिलाबहादुर जिसी, गंगाकुमारी कंडेल, सन्तबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो । साथै रामज्योति विद्यालयमा अध्ययनरत प्रीतम विक र प्रीष्का गुरुङलाई छात्रवृत्ति प्रदान एवं एसइई तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरू प्रशान्तराज अर्याल, गौरव पौडेल, विजयराज पौडेल, निरुषा गौडेल, रुपेश सापकोटा, सुष्मा पोखरेल, शिशिरराज कोइरालालाई पनि सम्मान गरिएको कुरा सहकारीका प्रवन्धक जिवन अधिकारीले जानकारी दिए ।

Related Articles

Close