अर्थ खबरसमाचार

लेखनाथ हाडवयर्सको ५ औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न

Spread the love

लेखनाथ हाडवयर्सको ५ औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न
लेखनाथ, २असार ।
लेखनाथ हाडवयर्स एशोसियसनले आफनो ५ औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । यसै गरी स्थापना दिवसको अवसर पारेर पोखरा २९ को भण्डारढीकमा रहेको कर्मत्रियन धर्मचक्र बौद्ध विहारलाई सहयोग गरेको छ । स्थापना दिवसमा कहिले बृद्धाश्रम त कहिले बिद्यालयहरुमा सहयोग गर्दै सामाजिक उत्तरदाईत्व बहन गर्दै आएको सस्थाले आईवार आफनो स्थापना दिवस पारेर गुम्वाका लागी खाद्यान्न र भिछु विद्यार्थीहरुका लागि स्टेशनरी सामाग्री सहयोग गरेको हो ।
सस्थाको तर्फबाट सामुहिक रुपमा कर्मत्रियन धर्मचक्र बौद्ध विहार संचालक समितिका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ र गुम्वाका गुरु लामा तप्केलाई उक्त सहयोग सामागी्र हस्तान्त्रण गरेका हुन् । लेखनाथ हाडवयर्स एशोसियसनका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सस्थापक अध्यक्ष राजेन्द्र ओझा, कार्यक्रम संयोजक शिवराज अधिकारी ,गुम्वाका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ, आमा समुहको अध्यक्ष बुद्धिमाया गुरुङ र गुम्वाका गुरु लामा तप्केले सहयोग गर्नु भनेको मानविय सेवा भएको र भगवान बुद्धले पनि हुनेले नहुनेलाई सेवा ग¥यो भने थप धर्म प्राप्ती हुने विचार राखेका थिए ।
सस्थाका महासचिव ऋषिराम जमरकटेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ सल्लाकार भक्त वहादुर के सी र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भटराईले गरेका थिए ।

Related Articles

Check Also

Close
Close