समाचार

लेखनाथमा निशुल्क स्वास्थ्यशिविर सुरु

Spread the love

लेखनाथ, २८ पुस ।
पोखरा महानगरपालिका वडा नं.३० स्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा सोमबारदेखी निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । ३ दिन सम्म सञ्चालन हुने पहिलो दिन ३८० जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
एसियन मेडिमल सेन्टर दक्षिणकोरियाको प्राविधि सहयोग र लेखनाथ सामुदायिकलायन्स अस्पतालको ब्यवस्थापनमा तीनदिने निःशुल्क बृहत स्वास्थ्यशिविरको गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले उद्घाटन गरेका हुन ।
कोइरालाले अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका मेडिकलका डाक्टरहरुबाट आफनै घर आगनमा सेवा लिन पाउनु महत्वपुर्ण रहेको बताए । कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा बृहतनिःशुल्कशिविर सञ्चालन गरेको अशान मेडिकल सेन्टर दक्षिण कोरियाको टिमलाई धन्यबाद दिदै आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
कोइरालाले अशान मेडिकल सेन्टर दक्षिणकोरियाको नेतृत्व गर्दे आएका डाक्टर चा हेयुङ वनलाई ब्लडप्रेसर सेट हस्तान्तरण गरेर शिविरको उद्घाटन गरेका हुन ।
अन्तराष्ट्रियस्तरको सेवा सुविधा सहितको स्वास्थ्यशिविरमा जनरल मेडिसिन, सर्जरी, मुटुरोग, आँखाउपचार, हाडजोर्नी, नसा तथा छाला, स्त्री रोग लगायतको चेक जाँच र निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
पुस २८, २९ र माघ १ गते गरि ३ दिनसम्म सञ्चालन हुने शिविरमा आयोजकले अपेक्षा गरेको भन्दा धेरै विरामीहरुले नाम दर्ता गरेका कारण स्क्रिनीङ गरि वास्तवीक उपचारको आवश्यकता भएका विरामीको पहिचान गरि स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाईएको छ भने गम्भीर मुटुरोग लागेका पाँच जना बच्चाहरुलाई अभिभावको साथमा दक्षिण कोरियामा लगेर मुटुरोगको उपचार गर्ने ब्यवस्था समेत मिलाईएको छ ।
अशान मेडिकल सेन्टर दक्षिणको रियाको प्राविधि सहयोग र लेखनाथ सामुदायिक लायन्स अस्पतालको ब्यवस्थापनमा सञ्चालीत स्वास्थ्य शिविरमा कोरियाका ३८ जना डाक्टर र अन्य गरी ७० जनाको समुहले सेवा दिइरहेको बताइएको छ ।

Related Articles

Close