समाचार

पोखरा ३१ बेगनासतालमा हेल्थ डेस्क सञ्चालन

Spread the love

ऋषिराम रानाभाट
बैशाख १२ , पोखरा । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि पोखरा महानगरपालिका वडा नं. ३१ बेगनासतालको नहरचोकमा शुक्रबार देखि हेल्थ डेस्क सञ्चालन गरिएको छ । वडा अध्यक्ष कमल बहादुर थापाको तापक्रम मापन गरी हेल्थ डेस्कको शुभारम्भ गरिएको उक्त कार्यक्रममा वडा अध्यक्ष थापाले विश्वभरी फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न वडाबाट हेल्थ डेस्को शुरु गरिएको जानकारी दिंदै नेपाल सरकारले लक डाउनलाई पूर्ण रुपमा पालना गरी घरमै बस्न वडावासीहरुलाई उनले आग्रह गरे ।
हेल्थ डेस्क कार्यक्रममा शहरी स्थास्थ्य केन्द्र अर्चल थर, बेगनास स्वास्थ्य चौकी, आयुर्वेदिक औषधालयको समन्वयमा स्वस्थ्यकर्मीहरुको परिचालन गरीने कार्यक्रममा टेम्प्रेचर गनबाट नागरीकको तामक्रम मापन गर्ने, सामान्य ज्वरो , रुघाखोकी आएमा औषधी समेत वितरण गरिने र कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि नागरीकहरुलाई सचेत गराइने पनि वडा अथ्यक्ष थापाले जानकारी दिए ।
विश्वमा कोरोनाभाइस (कोभिड १९)को महामारी बढी रहेको छ । नेपालमा हालसम्म ४८ जनामा कोभिड १९ को संक्रमण देखिइसकेको छ भने १० जना निको भएर डिस्चार्ज भएका छन् ।

Related Articles

Back to top button