समाचार

विविध कार्यक्रम गरी आज विश्व मुटु दिवस मनाइदै

Spread the love

१२ असोज ।
आज नेपालमा विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व मुटु दिवस मनाइँदै छ । मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरुमा पठाइरहन्छ । मुटु हाम्रो सु(स्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरु मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरुलाई २५ प्रतिशतले कमगर्ने साझा सहमती गरेका छन् । नसर्ने रोगहरुको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरु हृदयघात अनि हृदय सम्बन्धि रोग अनि समस्याहरुले मरिरहेका तथ्याङ्क छ ।
हृदय अर्थात् मुटु, माया, दया, भावना अनि आनन्दलाई मुटुसंग जोडेर हेरिन्छ । मुटु वास्तवमै स्वास्थ अनि गतिशिलताका लागि पर्याय छ । विश्व मुटु संगठनले मुटुको यहि संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रुपमा मनाउन थालेको हो । यस दिन हृदय रोगीहरु, उपचार प्रदायकहरु, जनचेतकहरु, सञ्चार माध्यमहरु असन जनमानसहरु एकै थलोमा भेला भएर मुटुलाई रक्षागर्ने कुराहरु अनि विभिन्न जानकारीका साथ प्रस्तुत हुन्छन् । व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधीत अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबैजना हृदयरोगको सम्भावित जोखिममा छौं ।
दैनिक व्यायाम, खेलकुदमा कम रुची, धुम्रपान अनि मदिरापान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौं । मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्व भरि सबैसमक्ष र्पूयाउन शक्तिलाई बिकेन्द्रित गरौं भन्ने आव्हान गरिएको हो । सबैको हृदयको गती जवान होस्, स्वस्थ हृदयभित्र सद्भाव र सबैको माया होस् । विश्व मुटु दिवसको गाउँले मिडियाको शुभकामना !

Related Articles

Close