समाचारसमाज

क्यान्सर पिडित दिप्तीको उपचारमा दक्षिण कोरिया र लायन्स क्लब बाट आर्थिक सहयोग हस्तान्तरण

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ , साउन १२ । ब्लड क्यान्सर पिडित पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटाको उपचारको लागि मंगलबार एक कार्यक्रमका विच आथिएक सयहोग गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.३१ नहरचोक निवासी हाल दक्षिण केरियामा रहनु भएका सूर्य बहादुर क्षेत्रीको संयोजकत्वमा कास्की परिवार दक्षिण कोरियाबाट १ लाख ७५ हजार ४ सय ६३ र लायन्स क्लब अफ वेगनास तालनगरी मार्फत उनकी श्रीमती सविता क्षेत्रीले बालिकाका बुबा देब बहादुर सापकोटालाई हस्तान्तरण गर्नु भयो ।
यसै गरी लायन्स क्लब अफ वेगनास तालनगरीबाट क्बलकी अध्यक्ष प्रभा भुजेलले नगद रु १० हजार हस्तान्तरण गर्नू भयो ।
दक्षिण कोरियामा दिप्ती सापकोटा बचाउ अभियान चलाएर सूर्य बहादुर क्षेत्रीले नेपालमा जन्मिएर  जगिरको सिलसिलामा दक्षिण कोरियामा बस्नु भएका नेपाली दाजु भाइहरुको सहयोगबाट उठेको उक्त रकम संकलन गरी पठाउनु भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बालिकाका बुबा देव बहादुर सापकोटाले आफनो नानी अहिले काठमाण्डौ कान्ति वाल अस्पतालमा उपचार गराइरहेको जानकारी दिंदै अहिले केही सुधार भएको बताउनु भयो । सहयोगी मनहरुलाई धन्यवाद सापकोटाले दिनु भ भएको थिए ।
यसै गरी लायन्स क्बल अफ वेगनास तालनगरीका संस्थापक अध्यक्ष एवम. अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ का डिष्ट्रिक सल्लाहकार ऋषिराम रानाभाटले दिप्ति सापकोटाको उपचारमा सहयोग पुगोस भन्ने हेतुले थोरै रकम भए पनि क्लबका साथीहरुबाट आर्थिक रकम संकलन गरेर १० हजार सहयोग गरिएको बताउँदै बालिका सापकोटाको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । क्लबका प्रथम उपाध्यक्ष एवम् मुक्तिनाथ विकास बैंकका शाखा प्रमुख विदुर त्रिपाठीको संयोजकत्वमा र क्लबकी सह कोषाध्यक्ष वर्षा मगरको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । क्लबका अध्यक्ष प्रभा भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन क्लबका सचिव बिनोद त्रिपाठीले गर्नु भएको थियो ।

Related Articles

Back to top button