समाचार

दोभानक्लबद्धारा बिपन्न परिवारलाई राहत बितरण

Spread the love

लेखनाथ, १६ चैत्र ।
दोभानक्लबले आफनो टोलमा भएको बिपन्न, असहाय तथा दैनिक ज्यालादारी मजदुरको लगत संकलन गरी राहत बितरण गरेको छ ।
कोरोनाभाइरसको कारणले सरकारले देशभरि लकडाउन गरेको अबस्थामा टोलमा भएका बिपन्न, असहाय तथा दैनिक ज्यालादारी मजदुरलाइ्र भोकै मर्न नदिनको लागि क्लबले सानो राहत रुवरुप प्रत्येक व्यक्तिलाई १० किलो चामल, १ पोका तेल र १ पोका नून सहयोग गरेको क्लबको अध्यक्ष दिपक अधिकारी ले जानकारी दिए ।
क्लबले लकडाउनको सुरुवात देखि गाँउपालिकाले गरेको सम्पुर्ण बिभिन्न कार्यकममा एक्येबद्धता जनाउँदै सहयोग गर्दै आएको छ । पोखरा महानगर र रुपागाँउपालिकाको सिमाना पर्ने आपुखोला पुलनजिकै सुरक्षाकर्मि तथा स्थानियको सहयोगको लागि हेल्प डेक्स स्थापना पनि गरिएको क्लबका सचिवले जानकारी दिएका छन् ।

Related Articles

Back to top button