समाचार

पोखरामा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

Spread the love

२५ माघ ।
पश्चिमी न्यून चापीय मौसम प्रणालीका कारण आज पोखरामा हल्का वर्षा हुने मौषम विभागल जनाएको छ । बिहानै देखि बादल लागेर धुम्मिएको पोखरामा मेघ गजनका साथ हल्का वर्षा भएको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भुभागमा सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली रहनेछ । त्यस्तै देशको पश्चिमी पहाडी भुभागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली क्षेत्रमा हिमपात समेत भएको छ । यसै विच शनिवार दिउँसोः देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू(भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भु(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
रातीः देशका पूर्व र मध्य पहाडी भू(भागमा आंशिक बदली देखि सामान्य बदली सहित एक(दुई स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहने छ। आईतबार दिउँसोः देशका पूर्वी भू(भाग र मध्य पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू(भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू(भागका १(२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। रातीः देशका पूर्व र मध्य पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहने छ।
सोमबार दिउँसोः देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू(भागमा सामान्यतया सफा रहने छ। रातीः देशका पूर्व र मध्य पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहने छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपात र पहाडी भू(भागमा हल्का वर्षाको संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

Related Articles

Close