अर्थ खबरसमाचार

होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको अध्यक्षमा लम्साल

Spread the love

लेखनाथ,२७ माघ ।
होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथको अध्यक्षतामा अर्जुन लम्साल निर्वाचित भएका छन् । सोमबार भएको उक्त संस्थाको १२ साधारण सभा एवं पाँचौं अधिवेशनले लम्सालको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो।
एसोसियसनको उपाध्यक्षमा विरभद्र कंडेल, महासचिवमा विनोदमणि लामिछाने, सहसचिवमा रोशन खनाल र कोषाध्यक्षमा निलकुमारी थापामगर निर्वाचित भएका छन् ।
समितिको सदस्यमा पदमराज लामिछाने, तुलसी थाप क्षेत्री गंगा’, सुरेश लामिछाने, हरिबहादुर थापा, सञ्जिव जलारी, राजन परियार र अमन्त्रित सदस्यमा गेजन्द्र रानाभाट, सविन तिवारी र कमल लामिछाने निर्वाचित भएका निर्वाचन मण्डलका अध्यक्ष एवं होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका सल्लाहकार दूर्गा अधिकारीले जानकारी दिए ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पर्यटन बोड पोखराका प्रमुख काशीनाथ भण्डारीले विकासको मुख्य आधार पर्यटन भएकाले यस क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसार गरि पर्यटनको वसाइ लम्वाउने तर्फ ब्यवसायीहरु अग्रसर हुनु पर्ने सुझाव दिएका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष वलराम ढकालले बेगनासलाई नयाँ पोखराको रुपमा विकास गराउन ब्यवसायीहरु द्धारा प्रदान गरिने सेवालाई उदाहरणिय वनाउनु पर्नेमा जोड दिएका थिए ।
होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष दामोदरभत्त थापाले सस्थाको प्रगती विवरण र भावी योजनाका वारेमा प्रकाश पारेका थिए भने महासचिव विरभद्र कडेलले कार्यक्रमको संचालन गरेका थिए ।

Related Articles

Close