अन्य

कोरिया बाट पठाइएको ५६ लाख सहित हुन्डी कारोबारी पक्राउ

Spread the love

काठमाडौं– प्रहरीले हुन्डी कारोबारको आरोपमा तीन युवालाई न्युरोडबाट ५६लाख रुपैयाँसहित पक्राउ गरेको छ।

बाग्लुङ पैर्यु पथान गाउँपालिका घर भई काठमाडौँ धापासी बस्ने ३४ वर्षीय पूर्ण थापा, बाग्लुङ बुर्तियाङ–१ घर भई काठमाडौं बालाजु बस्ने २४ वर्षीय प्रदीप छन्त्याल र मोरङ कानेपोखरी नगरपालिका– ३ घर भई काठमाडौँ लैनचोर बस्ने २५ वर्षीय कुलदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार उनीहरुबाट ५६ लाख ८० हजार रुपैयाँ पनि बरामद भएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी मोहन थापाले बताए।

बरामद रकम मध्ये थापाको साथबाट ३९ लाख, छन्त्यालको साथबाट १३ लाख ५० हजार र चौधरीको साथबाट ४ लाख ३० हजार रुपैयाँ बरामद भएको थियो। उनीहरु कोरियाबाट हुन्डीको कारोबार गर्ने व्यक्तिहरु भएको डिएसपी थापाले बताए। पक्राउ परेकालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा पठाएको छ। गिरोहका नाइके भने फरार छन्।

===============================================

नेपाल लाईभ बाट !

Related Articles

Back to top button