समाचार

इन्धनको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

Spread the love

काठमाण्डौ , २९ जेठ ।
इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको छ । तर, सरकारले नसुनेपछि प्रधानमन्त्रीको पुत्ला जलाएको छ । गोंगबु चोकमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर पुत्ला तथा झण्डा खोसाखोससमेत भएको थियो ।

Related Articles

Check Also
Close
Back to top button