विश्वसमाचार

भारतका सबै जिल्लालाई तीनस्तरमा वर्गीकरण

Spread the love

बैशाख ४ , नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणको अवस्थाका आधारमा भारतका सवै जिल्लाहरुलाई तीनस्तरमा वर्गीकरण गरिने भएको छ ।

केन्द्रीय सरकारले बुधबार दिएको जानकारीअनुसार कोरोना विरुद्धको लडाईलाई थप प्रभावकारी, व्यवस्थित र चुस्त बनाउन जिल्लाहरुलाई वर्गीकरण गर्न लागिएको हो ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा बोल्दै सवै जिल्लालाई तीनस्तरमा विभाजन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार उच्च खोजिमपूर्ण जिल्ला, संक्रमित भएपनि धेरै जोखिममा नरहेका जिल्ला र सुरक्षित जिल्ला गरी तीनस्तरमा जिल्लाहरुलाई विभाजन गर्न लागिएको हो ।

केन्द्रीय सरकारको तर्फबाट जिल्ला तथा नगरस्तरका अधिकारीहरुसँगको छलफलका क्रममा पनि यस बारेमा जानकारी गराइएको उनले बताए । – एएनआई

Related Articles

Close