विश्वसमाचार

भारतमा कोरोनाबाट ४ जनाको मृत्यु, १७३ संक्रमित

Spread the love

चैत ६, नयाँदिल्ली । भारतमा नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण चारजनाको मृत्यु भएको छ । त्यसैगरी संक्रमितको संख्या १७३ पुगेको छ ।

पञ्‍जाबमा बिहीबार संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो । विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या नौ हजारभन्दा बढी पुगेको छ भने दुई लाखभन्दा बढी संक्रमित भएका छन् ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उच्चस्तरीय बैठक बसेर कोभिड-१९ का विषयमा गरिएको तयारीका सम्बन्धमा छलफल भएको बताइएको छ ।

Related Articles

Back to top button