समाचार

औद्योगिक क्षेत्रलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

Spread the love

विराटनगर, जेष्ठ २८
मुलुकमै पहिलोपटक उद्योग स्थापना भई विस्तार भएको विराटनगरका उद्योगी–व्यवसायीले नयाँ सरकार बन्नासाथ सरकारका विभिन्न निकाय हुँदै अर्थमन्त्री र प्रधानमन्त्रीसम्मलाई आफ्ना माग राख्दै आएका छन् ।
औद्योगिक क्षेत्रको विकास, आयात निर्यातमा देखिने समस्या निराकरण, उद्योगहरूलाई सहुलियत, पूर्वाधार विकासजस्ता कुरामा ध्यानाकर्षण गराउँदै उनीहरूले औद्योगिक विकासका लागि ठोस नीति ल्याउन माग गर्ने गरेका छन् । यसैको निरन्तरतामा शनिबार उद्योगी–व्यवसायीले प्रधानमन्त्री केपी ओलीसमक्ष आफ्ना समस्या राख्दै प्रदेश र मुलुककै विकासका लागि महत्त्वपूर्ण हुने क्षेत्रहरूमा लगानी बढाउन आग्रह गरे ।
विश्वप्रसिद्ध हिमशृंखला भए पनि आवश्यक पूर्वाधार नहुँदा सोचेजस्तो फाइदा लिन नसकिएको भन्दै उनीहरूले यसमा लगानी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री ओलीले अब राजनीतिक अस्थिरता अन्त्य भएको र आर्थिक विकासका लागि सरकार लागिपरेको उल्लेख गरे । औद्योगिक क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने काम सहज रूपमा गर्ने आश्वासन पनि प्रधानमन्त्रीले दिए ।

Related Articles

Close