समाचार

रत्न शोभामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
पोखरा, ११ फागुन ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकर स्थित रत्न शोभा माविमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावक, विद्यार्थीहरु र शिक्षकहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले विद्यार्थीहरुले आउँदो एस इ इ परीक्षालाई मध्येनजर राख्दै योजना बनाई अध्ययन कार्यलाई अगाडि बढाउन आग्रह गरे । एस इ इ स्तरीकृत परीक्षाको नतिजा समेत प्रकाशित गरिएको कार्यक्रममा विद्यार्थीहरुले विषयगत रुपमा जिज्ञासा राखेका थिए भने विषयगत शिक्षकहरुले विद्यार्थीहरुको जिज्ञासा मेटाएका थिए ।
जेष्ठ अभिभावक झौ मायाँ नेपालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विषयगत शिक्षकहरु भेषराज सुवेदी, उदयराज ओझा, गोपी गुरुङ, धनु पुन, मुक्तिनाथ खनाल लगाएतले एस इ इ परीक्षाको तयारीका वारेमा सुझाव राखेका थिए ।

Related Articles

Close