
ऋषिराम रानाभाट
लेखनाथ, ७ माघ ।
पोखरा २८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा अभिभावक र शिक्षहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वालविकास कक्षा देखि कक्षा ५ सम्म माघ ५ गते , कक्षा ६ देखि कक्षा ८ सम्म माघ ६ गते र कक्षा ९ र १० का अभिभावकहरु सँग आज बुुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुुरुङले अभिभावक र विद्यालय विच सुुमधुुर सम्बन्ध हुुनुुपर्ने बताउँदै समग्र शैक्षिक गुुणस्तर बृद्धि गर्न व्यवस्थापकिय पक्षलाई सुुधार गर्दै लगिएको बताउनुु भयो । यसै गरी प्रधानाध्यापक गोपाल बहादुुर बुुढाथोकीले कोभिड १९ ले समग्र शिक्षा क्षेत्रमा असर पारेको बताउँदै स्वास्थ्य सुुरक्षालाई समेत मध्येनजर गरी विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन गरिएको जानकारी दिंदै आफ्ना बाबुु नानीहरुलाई घरमा विशेष निगरानी राखिदिन समेत आग्रह गर्दै अभिभावकहरुको सल्लाह, सुुझावलाई आत्मसाथ गर्दै विद्यार्थीहरुको शैक्षक गुुणस्तरका लागि कुुने कसुर नराख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुु भयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादुुर गुुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रधानाध्यापक भेषराज सुुवेदीले विद्यार्थीहरु, अभिभावक र शिक्षकहरुको संयुुक्त प्रयासले मात्र शैक्षिक स्तर वृद्धि गर्न सकिने बताउँदै स्वयम विद्यार्थीहरु नै शैक्षिक क्रियाकलापमा अग्रसर हुनुपर्ने कुुरामा जोड दिनुु भएको थियो ।
यसै गरी सम्बन्धित तहका शिक्षकहरु धनु पुुन, गोपी गुरुङ, ऋषिराम रानाभाट, मुक्ति राज खनाल, पूर्ण बहादुुर खत्री,नरेश अधिकारी, प्रकाश तिवारी, यदुुनाथ पाण्डे, कमला पौडेल, कुल प्रसाद तिमिल्सिना लगाएतले विद्यार्थीहरुको नतिजाको वारेमा बोल्दै अभिभावकहरुले राखेको जिज्ञासा मेटाउनुु भएको थियो ।
कक्षा ५ सम्म भएको कार्यक्रमको सन्चालन शिक्षक यदुुनाथ पाण्डेले, कक्षा ६ देखि ८ सम्म सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक पूर्ण बहादुुर खत्रीले र कक्षा ९ र १० को कार्यक्रमको सन्चालन शिक्षक उदयराज ओझाले गर्नुु भएको थियो