समाचारसमाजस्थानीय

दोभान क्लबको अन्तर्कृया कार्यक्रम सम्पन्न

Spread the love

लेखनाथ, २ असोज ।
दोभान क्लबको आयोजनामा बिकासका साथ बिपद ब्यवस्थापन बारे जनप्रतिनिधि संग जनताको अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
स्वास्थ्य सुुरक्षालाई ध्यानमा राख्दै पोखरा महानगरपालिका वडा ३२ र रुपा गाउँपालिका वडा ५ को वडा अध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधि र जनता बिच अन्तर्कृया कार्यक्रम गरीएको हो । कार्यक्रममा पोखरा ३२ को वडा अध्यक्ष अक्कल बहादुर कार्की र रुपा ५ को वडा अध्यक्ष टेक बहादुर गुरुङ ले बिकास निमार्ण को साथ साथै बिपद ब्यबस्थापनको बारे मा सबैको सल्लाह सुझाव अनुसार काम गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम मा उठेको जनचासोको मेटाउने प्रयास गर्नु भएको थियो ।
पोखरा ३२ को वडा सदस्य बिष्णु प्रसाद तिवारी, रुपा ५ वडा सदस्य राजन खनालले वडा बाट छुटिएको बजेट, बिकास निमाण आ.व.२०७७÷७८ योजनाको बारे मा बोल्नु भएको थियो ।
कार्यक्रममा नेकपा रुपा ५ को अध्यक्ष तिलक अधिकारीले फेदि टोल संरक्षणको लागि स्थानीय सरकार, प्रदेश सरकार, साथै केन्द्र सरकार सँग समन्वय गरि आफ्नो ठाउँलाई बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा फेदि नेवाः साँस्कृतिक गुठीको अध्यक्ष गोपिलाल जोशी, दोभान आमा समुहको अध्यक्ष बिन्दु श्रेष्ठ, दोभान क्लबको सल्लाहकार सन्त कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
दोभान क्लबको अध्यक्ष दिपक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबको सह सचिब निशान श्रेष्ठले स्वागत गर्नु भएको थियो । यस्तै दोभान क्लब महानगर र गाउपालिकाको सिमानामा भएको हुँदा दुबै तिरको स्थानीय तह संग सहकार्य गर्दै सामाजिक कार्य गर्दै अगाढि बढ्ने कुरा क्लबका सचिब सुरेन श्रेष्ठले बताउनु भएको थियो ।

Related Articles

Check Also

Close
Close