खेलकुुद

इन्डियन प्रिमियर लिग खेलमा नेपाली खेलाडी सन्दीपको उत्कृष्ट प्रदर्शन

Spread the love

काठमाडौं, जेठ ६ ।
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले आफ्नो डेब्यु वर्षमा नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेका छन । सन्दीप लामिछाने नेपाली क्रिकेटमा छाएको धेरै भएको छैन । सन २०१६ को यु–१९ विश्वकप क्रिकेटदेखि मात्रै सन्दीप चर्चामा आएका हुन् । अहिले उनको चर्चा अरु कुनै स्टार खेलाडीको भन्दा कम छैन ।
सन्दीपले आईपीएलमा आफुलाई स्थापित गरिसकेका छन । दिल्लीको अन्तिम खेलमा सन्दीपले ३ विकेट लिए । दिल्लीलाई जित दिलाउन मुख्य भूमिका खेलेका सन्दीपको चर्चा जताततै चुलिएको छ । फिरोज कोट्ला रंगशालामा भएको खेल सन्दीपको लागि निकै फलदायी बन्यो । सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध ओपनिङ बलिङ गरे । सन्दीपले आफ्नो पुरै ४ ओभर बलिङ ३६ रन खर्चेर ३ विकेट लिए । सन्दीपले आफ्नो चौथो ओभरमा ४ रन मात्रै दिए । त्यस्तै, तेस्रो ओभरमा १३ रन दिए । तेस्रो र चौथो ओभरमा भने सन्दीपले विकेट लिन सकेनन ।
सन्दीपले आफ्नो दोस्रो ओभरमा मात्र ६ रन खर्चेर २ विकेट लिएका थिए । सन्दीपले दोस्रो ओभरको पहिलो बलमा कैरण पोलार्ड ७ रनमा आउट भएका थिए । त्यस्तै, चौथो बलमा सन्दीपले क्रुनाल पाण्ड्यलाई ५ रनमा आउट गराए । त्यस्तै, पहिलो ओभरमा सन्दीपले सूर्यकुमार यादवलाई आउट गराएका थिए । सन्दीपले भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा डेब्यु खेलमा गरेका थिए । आफ्नो पहिलो खेलमा नै सन्दीपले प्रभावकारी प्रदर्शन गर्दै विकेट समेत लिन भ्याएक थिए । उनले विश्वकै उत्कृष्ट ब्याट्सम्यान विराट कोहली, एवि डिभिलियर्स लगायतका खेलाडीविरुद्ध बलिङ गरेका थिए । ओपनिङ बलिङ गरेका सन्दीपले बेंग्लोरविरुद्ध दिल्लीका खेलाडीमध्ये सबैभन्दा राम्रो बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका थिए । उनको इकोनोमी ६।२५ रहेको थियो । उनले २ चौका र एक छक्का मात्रै खाएका थिए । सन्दीपले पार्थिव पटेललाई एल्बीडब्लु आउट गराएका थिए ।
आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले दोस्रो खेलमा झनै निखारिएको प्रदर्शन गरे । चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट लिएका थिए । विकेट लिने क्रममा सन्दीपले विष्फोटक ब्याट्सम्यान तथा आईपीएल सर्वाधिक रनको रेकर्ड राखेका सुरेश रैनालाई आउट गरेका थिए । चेन्नाई विरुद्ध सन्दीपको इकोनोमी ५।२५ रहेको थियो । चेन्नाई विरुद्ध सन्दीपले एक छक्का मात्रै खाएका थिए ।

Related Articles

Check Also
Close
Back to top button