अर्थ खबरमनोरञ्जनरोचकसमाचार

१६ औं संस्करणको लेखनाथ महोत्सवमा सूचना प्रविधीको प्रदर्शन गरिने

Spread the love

लेखनाथ, ४मंसिर ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी षौष ३ गते देखि १५ गते सम्म आयोजना गरिने १६ औं संस्करणको लेखनाथ महोत्सवमा सूचना प्रविधीको प्रदर्शन गरिने भएको छ । महोत्सव भित्रको पनि महोत्सवका रुपमा चिनिएको १६ औं सस्करणको लेखनाथ महोत्सवमा आम जनमानसमा सुचना र प्रविधिका बारेमा जानकारी दिने उदेस्यले सो सगँ सम्वन्धित स्टलहरु राखिने भएको छ ।
बिश्व ब्यापी नयाँ नयाँ प्रबिधिमार्फत महोत्सव स्थलबाट पनि दर्शकहरुलाई जानकारी गराउने सकिने हेतुले यस बर्ष अन्य स्टल भन्दा फरक सैलीमा डुम भित्र ३० बटा स्टलहरु निमार्ण गरिने भएको हो । सुचना प्रविधी प्रदशर्नीको प्रायोजक पोखरा इन्टरनेट प्रा.लि.ले गर्ने भएको छ । महोत्सव आउन अव एक महिना बाकी रहेको अवस्थमा सुचना र प्रविधीका स्टलहरुलाई कसरी प्रभाकारी बनाउन सकिन्छ भन्ने उदेस्यले मंगलवार सुचना प्रविधी उप समितिको बैठकले तयारीलाई तिव्रताका साथ अगाडी वढाउने र स्टल भित्र मोवाईल,कम्प्युटर,टिभी लगाएत अन्य आइटीसगँ सम्वन्धित स्टलहरु प्रथामिकता दिने निर्णय गरेको छ भने अहिलेसम्म करिव १५ वटा स्टलहरु बुकिङ भएको बताईएको छ ।
आगामी पौष ३ गते देखि १५गते सम्म संचालन हुने महोत्सवलाई विभिन्न तहबाट तयारी गर्नका लागि गठित बिभिन्न उप समितिहरु मध्य सुचना र प्रविधी उप समितिका संयोजक तथा कार्यसमिति सदस्य बुद्धि प्रसाद बास्तोलाको अध्यक्षतामा भएको भेलामा आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल,महसचिव गोपिचन्द्र वास्तोला लगाएतले महोत्सवलाई सवै क्षेत्रको साथ र सहयोग प्राप्त भएकाले प्रभावकारी तरिकाले अगाडी वढ्न अनुरोध गरिएको थियो ।

Related Articles

Close