विश्वसमाचार

कोरोना भाइरसबाट इटालीमा मात्रै ज्यान गुमाउनेको संख्या १४४१ पुग्यो

Spread the love

चैत २, २०७६ कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि युरोपेली मुलुकहरुले व्यापक प्रतिबन्धको घोषणा गरेका छन्। फ्रान्सले पर्यटनको मुटु मानिने इफेल टावर प्रवेश अनिश्चितकालका लागि बन्द गरिदिएको छ।

फ्रान्ससँगै स्पेनले आफ्ना नागरिकको गतिविधीमाथि व्यापक प्रतिबन्ध घोषणा गरेको छ। इटलीमा कोरोना संक्रमणको अवस्था निकै भयावह देखिएको छ। अहिलेसम्म त्यहाँ संक्रमणका कारण १४४१ जनाको ज्यान गएको छ। १५१८ जनाको अवस्था चिन्ताजनक छ। कोरोनाकै काण स्पेनमा १९६ र फ्रान्समा ९१ जनाको ज्यान गइसकेको छ।

१९१ जनाको ज्यान गएपछि युरोपमा स्पेन इटालीपछिको सबैभन्दा खराब प्रभाव परेको देश भएको छ। फ्रान्सले पनि ९१ जनाको ज्यान गएपछि क्याफे, रेस्टुरेन्ट, सिनेमाघर र पसलहरु बन्द गरिदिएको छ।

युरोपेली देशहरुमध्ये इटालीमा कोरोना संक्रमणका कारण सबैभन्दा धेरै अर्थात १४४० जनाको मृत्यु भएको छ। मानवीय हताहती बढेपछि सोमबार नै इटालीले राष्ट्रव्यापी प्रतिबन्ध घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि युरोपलाई कोरोना महामारीको नयाँ केन्द्रबिन्दु भएको बताएको छ।

युरोपका अधिकांश मुलुकमा कोरोना संक्रमणका मामिला भेटिइसकेका छन्। चीनको उहानमा शुरूमा कोरोना संक्रमित पत्ता लाग्दा अट्टाहस गरेर बसेका युरोपेलीहरु यतिखेर आफैं समस्यामा परेका हुन्। यता चीनले भने युद्धस्तरमा स्वास्थ्य उपचार र सजगताको काम गरेर कोरोना संक्रमण फैलावटलाई लगभग नियन्त्रणमा लिइसकेको छ।

Related Articles

Back to top button