अन्य

एमालेका उम्मदेवार जगत विश्वकर्माको गाडी तोडफोड

Spread the love

पोखरा, २२ कात्र्तिक ।

वामगठबन्धनका तर्फबाट कास्की जिल्लाको क्षेत्र नं. ३ मा उम्मेदवार रहेका जगत विश्वकर्माले प्रयोग गर्ने सवारीसाधनमाथि गएराती तोडफोड भएको छ । उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् र उनले प्रयोग गरेको ग१य ७२८ नम्बरको पर्यटक गाडी तोडफोड भएको हो । तोडफोडबाट गाडीको पछाडिको शिशा फुटेको छ ।
आफ्ना सहयोगीहरुसहित राती करीक नौ बजे पोखराको न्यूरोडस्थित होटलमा बसेर खाना कान लागिरहेको अवस्थामा आफ्नो गाडी तोडफोड भएको उम्मेदवार विश्वकर्माले जानकारी दिएका छन् । उनले मादकपदार्थ सेवन गरेको कुनै व्यक्तिले गाडी तोडफोड गरेको हुनसक्ने अनुमान गरे ।
यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले घटनाको पुष्टि गर्दै घटनाको बारेमा अनुसन्धान भईरहेको र कोही कसैलाई पक्राउ नगरिएको जानकारी दिए ।

=================

Related Articles

Close