समाचार

जलेश्वर शिव मन्दिरको अध्यक्षमा तिवारी

Spread the love

ऋषिराम रानभाट
बेगनासताल, ७ मंसीर ।
पोखरा महानगरपालिका वडा नं.३१ बेगनासतालमा रहेको जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिको प्रथम अधिवेशनले विष्णु प्रसाद तिवारीलाई अध्यक्षमा चयन गरेको छ । सर्वसम्मत रुपमा चयन भएका समितिको उपाध्यक्षमा भानुभक्त पौडेल, सचिवमा शान्ति खनाल, कोषाध्यक्षमा निर बहादुर बराल चयन भएका छन । यसै गरी सदस्यहरुमा गणेश कार्की, सिता कार्की, शालिकराम लामिछाने, ज्ञानु बराल, शुसिला सुवेदी , बसन्त ढकाल रहेका छन् । यस अघि कार्यक्रममा सिद्धाश्रम गोरखनाथ पिठाधिसका वलभद्र गुरुले सनातान हिन्दु धर्मको महत्वमाथि प्रकाश पारेका थिए ।

यसै गरी वडा नं.३१ का वडा सदस्य विष्णु बहादुर भुजेल, समितिका सल्लाहकार राममणी अधिकारी, खेमनाथ भट्टराई, वेगनासताल धार्मिक एवम् पर्यटन विकासका अध्यक्ष धु्रव नाथ अधिकारी, वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाट, वेगनासताल महिला समुहकी अध्यक्ष दुर्गा अधिकारी, होटल तथा रेष्टुरेण्ट एशोसियसनका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना लगाएतले जलेश्व शिव मन्दिर व्यवस्थापन समितिले वेगनासतालको पर्यटन पर्वद्धन एवम् धार्मिक क्षेत्रमा खेलेको भुमिकाको वारेमा चर्चा गरेका थिए । उपाध्यक्ष भानुभक्त पौडेलले स्वागत गरेको कार्यक्रम समितिका अध्यक्ष विष्णु प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा कोषाध्यक्ष कृष्ण प्रसदा ढुंगानाले प्रस्तुत आर्थिक प्रतिवेदन, सचिव शान्ति खनालद्धार प्रस्तुत गरिएको सचिवको प्रवेदन सर्वसम्मत रुपमा पारिएको गरिएको समितिका सचिव खनालले जानकारी दिइन् ।

Related Articles

Close