अर्थ खबरसमाचार

जनप्रिय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न

अध्यक्षमा पून बराल

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, भदौ २२ ।
पोखरा महानगरपालिका वडा नं.२६ बुढिबजारमा रहेको जनप्रिय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट अध्यक्षमा पून मरारी बराल निर्वाचित भएका छन् । । यसै गरी उपााध्यक्षमा रविन्द्र मोहन अधिकार, सचिवमा जगन्नथा तिमिल्सिना, सहसचिवमा दिपकनाथ भण्ढारी, कोषाध्यक्षमा खेम प्रसाद भण्ढारी निर्वाचित भएका छन् । यसै गरी सदस्यहरुमा कर्ण बहदाुर जिसी, सरस्वती गौतम, शक्ति श्री तिवारी , शारदा कार्की, राजेश कुमाल, रमेश थापा चयन भएका छन् । यस अघि कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष रेवतीरमण तिवारीले सहकारीको निति नियम ऐन अनुसार नै जनप्रिय सहकारी सञ्चालन भएकोमा यसको सह्रना गर्दै सहकारीको पहिचान झल्कने काम गर्दै अझ धेरै काम गर्न सुझाव दिए ।
शेयर सदस्यहरुले आफ्नो काम , कर्तव्य र अधिकारीलाइ मध्येनजर राख्दै अगाडि बढ्दै प्रविधिमैत्री रुपमा काम गरेर एउटा नमूना सहकारीको रुपमा स्थापित हुन शुभकामना व्यक्त गरे । वडा नं.२६ का वडा अध्यक्ष नारायण प्रसाद बराल, वडा नं.२६ का वडा सदस्य एवम् सत्येता वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्क बहादुर रानाभाट, सोही वडाका वडा सदस्य शर्मिला सुनार , लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, लेखनाथ साना सहरी खानेपानीका अध्यक्ष विष्णु बराल, लेखनाथ सहकारी मञ्चका सचिव मनहरी ढुंगाना, सिलिंगे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शैलेन्द्र मोहन भट्टराइ, जलधारे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकान्त ढुंगाना, लेखनाथ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द लामिछाने, मुक्तिनाथ विकास बैंक बुढिबजार शाखाका शाखा प्रमुख राम चन्द्र रानाभाट, सम्मानित व्यक्तित्व कुलदिप बराल लगाएतले वास्तविक कृषि क्षेत्रमा लगानी गर्ने सहकारीलाइ राज्यले सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिंदै साविक लेखनाथ क्षेत्रलाइ औधोगिक क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
सहकारीका अध्यक्ष मुरारी बरालले २०५०साल देखि विधिवतरुपमा जनप्रिय सहकारी संस्था लिमिटेडका रुपमा सञ्चालन हुँदै आएको जानकारी दिंदै २०७१ फाल्गुन ३० गते देखि बचत तथा ऋणको कारोबार गर्दे आएको बताए। पोखरा महानगरपालिकाका १२ वडाहरु र मादी गाउँपालिकाका वडा नं.५ र १२ लाइ आफ्नो कार्यक्षेत्रमा कार्य गर्दे आएको सहकारी प्रदेश स्तरीय सहकारीका रुपमा सञ्चालन हुँदै आएको उनले बताए। सहकारीले आफ्ना शेयर सदस्यहरुलाइ प्रदान गर्दै आएको सेवा सुविधाका वारेमा जानकारी गराउँदै लघु बचत तथा कर्जा निर्देशिका २०७३, कर्जा सुरक्षण शुल्क परिचालन कार्यविधि २०७३ लगाएतका निर्देशिका तयार गरी सहकारीलाइ अगाडि बढाइएको सो अवसरमा उनले जानकारी दिए । कार्यसमितिका सचिव रविन्द्र मोहन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए भने कोषाध्यक्ष खेम प्रसाद भण्ढारीेले धन्यवाद ज्ञापन गरेको कुरा सहकारीका व्यवस्थापक शन्तोष लामिछानेले जानकारी दिए ।

Related Articles

Close