समाचार

जेसीज सप्ताहन्तको दोस्रो दिन नेपाली हिज्जे

Spread the love

लेखनाथ, साउन २५ ।
लेखनाथ जेसीजले विहिवार देखि सुरु गरेको जेसीस सप्ताहन्तको दोस्रो दिन राखेको विद्यालय स्तरिय हिज्जे प्रतियोगितामा डायमण्ड मोडल स्कुलकी मोनिका बुढाथोकी प्रथम भएकी छन् ।विद्यार्थीहरुलाई नेपाली भाषाका बारेमा जानकारी गराउने उदेस्यले राखिएको कार्यक्रममा सहभागी १४ विद्यालयहरु मध्यबाट नेपाल आदर्श माविकी स्वेच्छा सुवेदीले द्धितिय र सरस्वती टिका माविकी सन्ध्या अधिकारीले तृतिय स्थान हासिल गरेकी थिईन ।

विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै पोखरा महानगरका शिक्षा विभागका उपप्रमुख विश्वराज आचार्यले विद्यार्थीमा अन्तरनिहित छमताको अभिबृद्ध गराउनका लागि यस प्रकारका कार्यक्रम फलदाई हुने भएकाले विद्यार्थीहरुले अनुसासित रुपमा आफनो पठन पाठनलाई अगाडी वढाउनु पर्ने सुझाव राखेका थिए ।जेसीज सप्ताहन्तका मुल संयोजक सन्तोष गुरुङले जेसिस सप्ताहन्त वारेमा प्रकाश पार्दै जेसीजले समाज रुपान्त्रणका लागि सकरात्मक काम गर्दै आएको विचार राखेका थिए भने नेपाली हिज्जे प्रतियोगिताका संयोजक उत्तम शर्मा पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतियोगीताको निर्णायकमा डिल्लराम पौडेल,जिबनाथ सुबेदी र रोशन अधिकारी रहेका थिए ।लेखनाथ जेसिसका अध्यक्ष शालिकराम ओझाको अध्यक्षतमा भएको सो कार्यक्रममा लेखनाथ जेसीजका पुर्ब अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,न्यू लेखनाथ पब्लिक एकेडेमीका अध्यक्ष दयाराम तिवारी लगाएतले विद्यार्थीहरुको मनबलो वढाउनका लागि यस प्रकारका कार्यक्रम सहयोग शिद्ध हुने विचार राखेका थिए ।लेखनाथ जेसीजका महासचिव रोशन अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन पुर्व अध्यक्ष अर्जुन ओझाले र जेसीज आस्था पाठ कृष्ण तिवारीले गरेका थिए ।लेखनाथ जेसिसको सप्ताहन्त कार्यक्रम अन्तरगत अन्तिम दिन शेयर कारोवार वारे अन्तरक्रिया तथा समापन कार्यक्रम गर्ने कार्यक्रमका मुल संयोजक कामल गौतमले जानकारी दिएका छन् ।

Related Articles

Check Also

Close
Close