अन्य

पोखरामा जिक्सर स्टन्ट मानिए हुँदै

Spread the love

पोखा, ६ कार्तिक । सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखरा को लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्ड ले सुजुकि जिक्सर स्ट्रिट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट को आयोजना गर्न लागेका छन। सुजुकि को हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसि को पावर तथा पर्फमेन्स लाई प्रत्यक्ष रुपमा देखाउने अभिप्राय ले कार्यक्रम को सुरुवाति गर्न लागिएको हो।

अन्तर्राष्ट्रिय प्रख्यात राईडर डि आर आयु, राम सरदार ले प्रत्यक्ष कला प्रदर्सन गर्ने हिमालय अटो वर्ल्ड का संचालक सौरब थापा ले जानकारि दिए। साथै नेपाल बिरलै देख्न पाईने अन्तरास्ट्रिय राईडर को सुरक्षित चालकि कला लाई पोखरा मा प्रत्यक्ष हेर्ने मौका सुजुकि ले प्रथम पटक मिलाएको छ। यस्तो मौका नेपालमा बिरलै देख्न पाईने भएको ले यस्तो सुबर्ण अबसर बाट समय ले भ्याए सम्म नछुटाउन भिजि अटोमोबाईल्स का सह महाप्रबन्धक धिरज भट्टराईले जानकारि दिए। साथै उक्त कला प्रदर्शन पछि नेपाली चर्चित म्यालोडि गायक अलमोडा राना उप्रेती संग प्रत्यक्ष सांगितिक माहोल मा रम्न पाईने छ। सुजुकि मोटर्स ईन्डिया द्वारा उत्पादित जापानिज प्रबिधिको जिक्सर बाईक मा २५० सिसि को इन्जिन क्षमता, २६।५ बिएचपि पावर, एफ। आई। प्रबिधि, सुजुकि आयल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल ईन्सट्रमेन्ट जस्ता विशेष प्रबिधि सहित का बिशेषता राखेर उत्पादन गरिएको छ।

यो एउटा कम्प्याक्ट मोडल हो यसमा नेकेड भर्जन तथा स्पोर्टि फेयरिङ्ग भर्जन गरि ३ मोडल मा उत्पादन गरिएको छ। साथै सुजुकि ले आफ्ना सम्पुर्ण उत्पादनमा ५ बर्ष सम्मको वारेन्टी सुबिधा प्रदान गर्दै आएको छ। सुजुकि ले स्टन्ट मानिया काठमाडौं पछि पोखरामा गर्न लागेको हो र पोखरा क्षेत्र लाई नेपाली बाईक सौखिन हरुको पकड क्षेत्रको रुपमा लिने गरिन्छ त्यसकारण पनि सुजुकि ले आफ्नो पावर फुल मोटरसाईकल लाई प्रत्यक्ष कलात्मक रुपमा प्रदर्शन गर्न लागेको हो। कार्यक्रम बुधवार दिउसो २ बजे देखि पोखरा सभागृह मा गर्न लागिएको र ईन्ट्रि फ्रि गरिएको छ।

Related Articles

Close