समाचार

जिल्ला कफी उत्पादक संघ कास्कीको अध्यक्षमा वराल

Spread the love

पोखरा, १६ जेठ
जिल्ला कफी संघ कास्कीको अध्यक्षमा विन्दु चन्द्र वराल निर्वाचित हुनु भएको छ । संघको उपाध्यक्षमा कमला लामिछाने सचिवमा नारायण थापा, कोषाध्यक्षमा विन्जना सुवेदी र सदस्यहरुमा दिपक कोइराला, शेभाखर अधिकारी, अर्जुन प्रसाद लम्साल, वल व श्रेष्ठ, कृष्ण पौडेल, भागीरथी सुवेदी, सुकु थापा रहनु भएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष कमल व थापाले कृषीको विकासमा कफी उत्पादन मुलक रहेको र वजार समेत सजिलै पाउनुका साथै विदेशमा समेत निर्यात गर्न सकिने हुँदा उत्पादनमा जोड दिन आग्रह गर्नु भएको छ । कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिती सदस्य अर्जुन लम्सालले गर्नुका साथै अर्थिक प्रतिवेदन कोषाध्यक्ष तारामणी घिमिरेले प्रस्तुत गर्नुका साथै सञ्चालन सचिव विन्दु चन्द्र वरालले गर्नु भएको थियो ।

Related Articles

Check Also
Close
Back to top button