मनोरञ्जन

अन्तरवार्ताको क्रममा नै यसरी तल्लो स्तरको गाली गरिन् नायिका विपाशाले आफ्ना पूर्व प्रेमी जोन अब्राहमलाई

Spread the love

बलिउडका चर्चित जोडी विपासा बसु र जोन अब्रोहमको प्रेम रोमान्स र ब्रेकअपको चर्चा अहिले पनि हुने गर्छ । कारण कुनै अन्तरवार्तामा यि पूर्व प्रेमीका मध्येका कोही न कोहीले बिरोध जनाइरहेका कारण उनीहरु अहिले पनि चर्चामा नै छन् ।

यसैबिच हालैको एक अन्तरवार्तामा नायिका विपाशा वासुले आँफुले भुलेर पनि जोनसँग कहिल्यै काम नगर्ने दोहोर्याइन् । उनले भनिन् म आफ्नो काममा व्यवसायीक छु तर जहाँ इमोसनको कुरा आउँछ, म त्यहाँ सम्झौता गर्दिन ।

एकपटक सम्बन्ध ताडे भने फर्केर पनि हेर्दिन । त्यही भएर जोनसँग म कहिले कुनै फिल्म गर्न चाहँदिन । म उसलाई मेरो अगाडि देख्न सक्दिन । कोही कोही ब्रेकअप पछि पनि मित्रतामा विश्वास राख्छन् तर म त्यस्तो छैन । एक पटक सम्बन्ध खत्तम भयो भने व्यक्तिगत र व्यवसायीक दुवै सम्बन्ध खत्तम ।

एजेन्सी ।

Related Articles

Close