समाचारस्वास्थ्य

संयुक्त रक्तदानमा ३५ युनिट रगत संकलन

Spread the love

लेखनाथ , २८ असोज ।
लायन्स क्लब अफ वेगनासताल नगरी र लायन्स क्लब अफ लेखनाथ गार्डे सिटीको संयुक्त अयोजना , रक्त सञ्चार केन्द्र पोखराको प्राविधिकक सहयोग र वेगनास युवा क्लबको सहयोगमा खुल्ला रक्तदान कार्यक्रम आइतवार सम्पन्न भएको छ । रक्तदान जिवन दान, जिवन दान माहादान भन्ने पवित्र उद्धेश्येलाइ आत्मसाथ गर्दै पोखरा महानगर पालिका वडा नं.३१ को वेगनासताल वसपार्कमा सम्पन्न भएको हो ।

कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ पि आर ओ चिफ परमेश्वर वरालले पहिलो रक्तदाता अनन्त कंडेललाइ व्लड व्याग हस्तान्तरण गरी शुरु भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको हो । प्रमुख अतिथि वरालले क्लबहरुले वार्षिक रुपमा गर्ने सामाजिक कार्य गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजि तथा मानविय सेवाका कार्यमा लाग्न आग्रह गरे ।

लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका अध्यक्ष नवराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिजन चियर पर्सन माधव पौडेल, जोन चियर पर्सन ऋषिराम रानाभाट, रक्त सञ्चार केन्द्र पोखराका प्रमुख धु्रव लामिछाने , लेखनाथ गार्डेन सिटीका सदस्य एवम् कार्यक्रम संयोजक राम बहादुर रानाभाट, लायन्स क्लब अफ वेगनास तालनगरीका तृतिय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रभा भुजेल लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

लायन्स क्लब अफ वेगनास तालनगरीका अध्यक्ष सागर लामिछानेले स्वागत गरेका थिए भने गार्डेन सिटीका सचिव चन्द्रकान्त पौडेलले कार्यक्रम सन्चालन गरेका थिए ।

 

 

Related Articles

Close