समाचार

कलाकार भिमबहादुर थापा अब सम्झनामा मात्रै

Spread the love

काठमाडौं जेठ ३०
बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उनको निधन भएको हो ।
९२ वर्षका थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थिए । उनले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका थिए। हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि उनी अझ चर्चित बनेका थिए। उनले २ वर्ष बृटिश सेनामा काम गरेर दोस्रो विश्वयुद्ध पनि लडेका थिए । पछि उनी नेपाली सेनामा कार्यरत थिए । उनको जन्मघर खोटाङको लामिडाँडा हो । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि पशुपतिमै श्रद्धाञ्जली कार्यक्रम गरिने कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् ।

Related Articles

Check Also
Close
Back to top button