समाचारस्वास्थ्य

कालिकामा सचेतना कार्यक्रम सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
पोखरा, १० चैत्र ।
विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणबाट बँच्नका लागि पोखरा २८ को कालिकामा एक कार्यक्रमका विच सचेतना कार्यक्रम गरिएको छ । कालिका सामुदायिक सेवा केन्द्र, पोखरा महानगपालिका वडा नं.२८, सामुदायिक जिल्ला समन्वय समिति, कालिका स्वास्थ्य चौकीको संयुक्त आयोजनामा कोरोना भाइस सम्बन्धि सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नं. २८ का वडा सचिव झम्कनाथ पौडेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष होमनाथ अधिकारी, सामुदायिक जिल्ला समन्वय समितिका सदस्य विष्णु सुवेदी, कालीका स्वास्थ्य चौकीका प्रमुख लगाएतले कोरोना भाइरसको सम्भाव्य जोखिमबाट बच्नका लागि साबुन पानीले नियमित रुपमा हात धुन, मास्कको प्रयोग गर्न र अतिआवश्येक वाहेक भिडभाडमा नजान पनी सबैमा आग्रह गरेको कुरा कालिका सामुदायिक सेवा केन्द्रका प्रहरी हवल्दार श्रीराम रानाभाटले जानकारी दिए ।

Related Articles

Close