समाचार

कालिका वोडिङ स्कूलमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

Spread the love

ऋषिराम रानाभाट ।
कालिका, १७ साउन ।
पोखरा महानगरपालिका वडा नं.२८ कालिकामा रहेको कालिका बोडिङ स्कूलमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । साप्ताहिक रुपमा गरिंदै आएको अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार कक्षा ६ देखि कक्षा १० सम्मको विद्यार्थीहरुको विचमा अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यार्थीहरुको प्रतिभा प्रफुस्टन गर्ने उद्धेश्येले आयोजना गरिएको प्रतियोगितामा रातो सदन प्रथम र निलो सदन द्धितिय भएका छन् । विद्यालयका प्रिन्सिपल राजेश भण्ढारीले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रफुस्टनबाट विद्यार्थीको चौतर्फी विकास हुने भन्दै अतिरिक्त क्रियाकलामा भाग लिन विद्यार्थिहरुलाइ आग्रह गरेका थिए ।

शिक्षक प्रकाश खड्का र युनिक वानियाले समन्वय गरेको प्रतियोगिताको सन्चालन शिक्षक गंगा सुवेदी बजगाइले गरेको कुरा संस्थापक खगेन्द्रराज भण्ढारीले जानकारी दिए ।

Related Articles

Close