समाचार

कालिका महिला समुह भवनको प्राङ्गणको सिलन्यास

Spread the love

पोखरा, १७ माघ ।
पोखरा २७ डाडाकोनाकमा रहेको कालीका महिला समुह भवनको प्राङ्गणको सिलन्यास गरिएको छ । वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले एक कार्यक्रका विच सिलन्यास गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि गुरुङले समुहको भवन, कृष्ण मन्दिर र बन कार्यलायको आगाडी रहेको जग्गालाइ उपयोग गर्दै समुहको भवनको प्राङ्गण बनाउन कालिका महिला समुहले पहल गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो व्यक्तिगत तर्फबाट नगद रु १० हजार सयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोेखरा महानगरपालिका वडा नं २७ को रु ४ लाखको आर्थीक सहयोगमा बन्न लागेको प्राङ्गण निर्माणका लागि अपुग रकम महानगसँग पनि पहल गर्ने सो अवसरमा वडा अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गरे ।
यसै गरी स्थानिय बरिष्ठ समाजसेवीका रुपमा चिनिएका डब्लु टु गम बाहादुर गुरुङले पहिलो दानविरका रुपमा पचाँस हजार पाँच रुपियाँ सहयोग गरेका छन् । यसै गरी समाज सेवी चतुराखर अधिकारीबाट हजार पाँच र समाजसेवी मोति गिरी बाट रु पाँच हजार पाच सहयोग गर्ने घोषणा गरेका थिए । प्राङ्गण निर्माणका लागि रु १५ लाख लाग्ने भए पनि स्थानिय स्तरमा आर्थिक सहयोग संकलन गर्न समुह अगाडि वढ्ने र सो कार्य सम्पन्न गर्नका लागि सम्पूणै समाजसेवी, सामाजि संघ संस्थाहरुमा समुहकी अध्यक्ष कृष्ण शर्मा अधिकारीले आग्रह गरिन् ।

समुहकी अध्यक्ष कृष्णा शर्मा अधिकारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पहिलो दावविर गम बहादुर गुरुङ, स्थानिय समाजसेवी चतुराखर अधिकारी,मोती गिरी,बोधराज लामिछाने,सामुदायि सेवा केन्द्रका अध्यक्ष रमेश ओझा, वडा नं २७ का सचिव लिलामणि भण्डारी , चन्द्रकालीका मन्दिर संरक्षण समितिका अध्यक्ष लक्ष्य बहादुर खत्री लगाएतले विकास निर्माणका काममा सवैको साथ सहयोग रहनु पर्नेमा जोड दिएको समाजसेवी मोती गिरीले जानकारी दिए । समुहकी सचिव जमुना बष्ताकोटीले स्वागत गरेकी थिइन् भने समुहकी कोषाध्यक्ष अप्सरा बरालले कार्यक्रमको सन्चालन गरेकी थिइन् ।

Related Articles

Close