अन्य

अछामको कमलबजारमा हावाबाट विद्युत उत्पादन

Spread the love

२३ कात्तिक, अछाम । जिल्लाको कमल बजारमा हावाबाट विद्युत उत्पादन गरिएको छ ।

गतको भदौ पहिलो साताबाट २० किलोवाट हावाबाट र ११ किलोवाट सोलारबाट बिजुली उत्पादन गरिपछि कमल बजार झिलिमिलि भएको छ ।

कमलबजार क्षेत्रका १४५ घरमा हावाबाट भदौ महिनादेखि निरन्तर बिजुली बलिरहेको छ ।

हावाको माध्यमबाट विजुली उत्पादन गरी गाउँनै झिलिमिलि बनेपछि स्थानीयवासी खुसी भएका छन् । ‘शहर र सदरमुकाम गए बिजुली देख्थ्यौं, अहिले त घरमै पुग्यो ।’ कमलबजारका भीम खतिवडाले भने ।

कमलबजारको हवाई मैदान नजिकैबाट सञ्चालनमा ल्याइएको उक्त विद्युत बजार क्षेत्रमा वितरण गरिएको छ ।

अघिल्लो वर्ष मंसिर तेश्रो साताबाट हावाबाट बिजुली निकाल्ने काम सुरु भएर माघमै विद्युत बाल्नेगरी काम सकिएपनि उपभोक्ता समितिले योजनाको २० प्रतिशत हुन आउने झण्डै ३० लाख बढी रुपैयाँ वैकल्पिक ऊर्जा केन्द्रलाई तिर्न नसकेपछि विद्युत सञ्चालनमा ढिलाई भएको थियो । ‘नगरपालिकाले १२ लाख दिएको छौ, बाँकी रकम पनि नगरपालिकाबाटै किस्तामा भुक्तानी हुने हो ।’ विद्युत निर्माणमा संलग्न बलबहादुर कुँवरले भने ।

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको सहयोग,स्थानीयको नगदर र जनश्रमदान सहित एक करोड ५७ लाखमा उक्त विद्युत सञ्चालनमा आएको कमलबजार नगरपालिकाका कार्यकारी प्रमुख लोकहरी थापाले जानकारी दिए ।

विद्युतको क्षमता भएपनि बषर्ायाममा हावा नलागेमा विद्युत उत्पादन नहुने डरले अन्य स्थानमा विस्तार नगरिएको उपभोक्ता समितिको भनाइ छ ।

उक्त विद्युत उपयोग गरेवापत उपभोक्ताले प्रतियुनिट १० रुपमा समेत शुल्क तिरिरहेका छन् ।

उपभेाक्ताबाट संकलन गरिएको रकमले प्राविधिकको तलब र अन्य मर्मत लगायतमा खर्च गरिनेछ ।

हावाबाट बिजुली निर्माण भएको खबर पाएपछि जिल्लाका विभिन्न स्थानबाट कमलबजार आउने गरेको स्थानीय बजारवासीहरुको भनाइ छ । ‘बिजुलीको पंखा, घर हेर्छन फोटो खिचेर जान्छन् ।’ स्थानीयवासी खतिवडाको भनाइ छ । अछाम जिल्लामा हावावाट बिजुली निकालिएको यो पहिलो पटक हो ।

Related Articles

Back to top button