समाचार

कास्कीमा पनि मृत्यु संस्कारबाहेक अरुलाई पास नदिइने

Spread the love

बैशाख ४, पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन  गरिएको  लकडाउन अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासमा कडाइ गरेको छ ।

प्रशसनले आज एक सूचनामार्फत मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिका लागि मात्रै ई-पास उपलब्ध गराउने जनाएको छ ।

सूचनामा उल्लेख भएअनुसार सवारी ई-पास पेस भएको प्रमाणका आधारमा परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिलाई मात्र प्रदान गरिने जनाइएको छ ।  सवारी पास लिने अत्याधिक भएपछि त्यसको व्यवस्थापन गर्न उक्त निर्णय लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानबहादुर ढकालले जानकारी दिए । उनका अनुसार ई-पासका लागि एक हजार ६ सयले निवेदन दिएका छन् ।

अन्य सामान्य विषयका लागि  ई-पास प्रणालीमा अनुरोध नगरिदिन समेत उनले आग्रह गरे । लकडाउन थप प्रभावकारी बनाई कोभिड-१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणमा सहयोग गर्न आग्रहसहित सूचना जारी गरिएको ढकालले बताए ।  जिल्ला प्रशासन कार्यालय कास्कीले गृह मन्त्रालयको निर्देशनलाई समेत ध्यान दिँदै आजदेखि ई-पासको सुरुवात गरिएको उनको भनाइ छ ।

Related Articles

Close