विश्वसमाचार

दिल्लीमा केजरीवालको तेस्रो पटक शपथ

Spread the love

फागुन ४ , नयाँदिल्ली । दिल्लीको ऐतिहासिक रामलीला मैदानमा आम आदमी पार्टीका विधायक तथा दलका नेता अरविन्द केजरीवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । दिल्लीका उपराज्यपाल अनिल बैजलले विधायक केजरीवाललाई आइतबार मुख्यमन्त्री पदमा सपथ खुवाएका हुन् ।

शपथ ग्रहण समारोहमा दिल्लीका उच्च पदस्थ व्यक्तिहरूसँगै ठूलो संख्यामा आम आदमी पार्टीका नेता, कार्यकर्ता र आम नागरिकको बाक्लो उपस्थिति थियो । विधानसभा चुनावमा विजयी आम आदमी पार्टीले दिल्लीमा तेस्रो पटक सरकार गठन गरेको छ । केजरीवाल तेस्रो पटक राज्यका मुख्यमन्त्री बनेका छन् ।

सन् २०१३ मा केजरीवाल पहिलो पटक मुख्यमन्त्री बनेका थिए । सन् २०१५ मा उनी दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए । केही दिन अघि सम्पन्न विधानसभा चुनावमा आम आदमीले दिल्लीका ७० सिटमध्ये ६२ स्थानमा जित हासिल गरेको थियो । सन् २०१५ मा उक्त पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो ।

Related Articles

Close