समाचार

निगमका कार्यकारी अध्यक्ष खरेलद्वारा राजीनामा

Spread the love

माघ ५, काठमाडौँ  । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । आइतबार उनले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समक्ष राजीनामा बुझाएको मन्त्रालयको उच्च स्रोतले बताएको छ ।

खरेललाई २०७५ भदौमामन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो । निगमको संचालक समितिको अध्यक्ष उड्डयन मन्त्रालयका सचिव हुने व्यवस्था रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई कार्यकारी अध्यक्ष बनाएका थिए ।

उड्डयन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले सम्हाले लगत्तै उनले खरेलको कार्यक्षमता माथि नै प्रश्न उठाउँदै आएका थिए । खरेलले राजीनामा दिए लगत्तै आइतबार बेलुका ड्रागन एयरबाट अस्ट्रेलिया जान लागेका छन् ।

Related Articles

Close