अर्थ खबरसमाचारसमाजस्थानीय

खाष्टेताल मत्स्य तथा कृषि सहकारीको अध्यक्षमा अधिकारी

Spread the love

लेखनाथ,२ कार्तिक । पोखरा महागरपालिका वडा नं २६ रहेको खाष्टेताल र न्यूरेनीतालको संरक्षण गरि आय आर्जनका लागि माछापालन गर्दै आएको खाष्टेताल मत्स्य तथा कृषि सहकारीको सनिवार सम्पन्न चौथो बार्षिक साधारण सभा तथा दाोस्रो अबिधेसनले आगामी कार्यकालका लागि पुन ः हरि प्रसाद अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा शान्ति पौडेल,सचिवमा नवराज ढुगाना,कोषाध्यक्षमा डिल्लीराम लामिछाने र सदस्यहरुमा हेमराज वराल,रमेशराज पौडेल,शिवराज तिमिल्सेना,विरेन्द्र भण्डारी,सरस्वती भण्डारी वराल,कल्पना भण्डारी र सुमन ढुगाना रहेका छन् भने लेखा समितिको संयोजकमा हरिश्चन्द्र तिमिल्सेना,योगेन्द्र वराल र विकास ढुगाना रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालले प्रकृतीक स्रोतका रुपमा रहेका ताल तलैयाको संरक्षण गर्दै स्थानिय उपभोक्ताको आय आर्जन र रोजगारी सृजनामा सहकारीले खेलेको भुमिका महत्वपुर्ण भएकाले ब्यवस्थीत माछा पालन गरि उत्पादनलाई बढवा दिनु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा जिल्ला सहकारी संघ कास्कीका महासचिव छविलाल लामिछानेले सहकारीहरुले स्थानिय स्रोत र साधानको भरपुर रुपमा उपयोग गरि बजारमा देखिएको माछाको अभावलाई पुर्ती गर्न सक्नु पर्नेमा जोड दिएका थिए भने निर्वाचन मण्डलका संयोजक राममणि ढुगानाले सहकारीको मर्म र भावना आनुसार सहकारीहरु चल्ने हो भने आयतीत वस्तुलाई विस्थापित गराउन सकिने बिचार राखेका थिए ।

कर्यक्रममा शिक्षा उप समितिकी संयोजक चिना लामिछाने र संचालक समितिका सदस्य बुद्धिसागर भण्डारीले आ आफनो धारणा राखेका थिए ।

सस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शान्ति पौडेलले गरेकी थिईन भने कार्यक्रम संचालन सचिव श्रीभद्र वरालले गरेका थिए ।

संबृद्धिका लागि तालको बिकास भन्ने मुल नाराका साथ वि स २०७३ सालमा स्थापना भएको सहकारीले हाल सम्म सात सय १९ सेयर सदस्यहरुबाट एक करोड २६लाख ७८हजार पाँच सय सेयर पुँजी बनाउन सफल भएको छ ।

Related Articles

Close