समाचार

खुर्सिदको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याईछाड्ने गृहमन्त्रीको प्रतिवद्धता

Spread the love

काठमाण्डौ, आश्विन १०
गृहमन्त्री रामबहादुर थापाले सुनसरीका खुर्सिद आलमको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याईछाड्ने प्रतिवद्धता गरे । गत असोज ४ गते हरिनगरा गाउँपालिकामा–२ भुटाहा बजारमा आलमको गोली हानी हत्या भएको थियो । गृहमन्त्रालयमा आज मृतकका परिवारसँगको भेटमा गृहमन्त्री थापाले सरकारले गठन गरेको अनुसन्धान समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने आश्वासन दिए । गृहमन्त्रालयले घटना भएको भोलीपल्ट प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो ।
सरकारले अन्सारीलाई सहिद घोषणा गरिसकेको र परिवारलाई दिने भनिएको राहत रकम केही दिनमै पाउने जानकारी पनि दिए । गृहमन्त्री थापाले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रष्ट पारे । गृहमन्त्रीसँगको भेटमा परिवारका सदस्यले घटना भएको एक हप्ता बितिसक्दा समेत हत्यारा पक्राउ नपरेको गुनासो गर्दै छिट्टै पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Related Articles

Check Also

Close
Close