मनोरञ्जनसमाचारसमाजस्थानीय

कोइरालाद्धारा जन्म दिनको अवसरमा मानव सेवामा सहयोग

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, २० चैत्र । लायन्स क्लब अफ पोखरा लेखनाथका संरक्षक एवम् लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वि १ नेपालका पि आर ओ मधुसुधन कोइरालाले आफ्नो जन्म दिनको अवसरमा मानव सेवामा सहयोग गर्नु भएको छ । पोखरा महानगरपालिका वडा न।१७ छोरेपाटमा रहेको मानवसेवा आश्रममा आश्रित १४८ जना मानवलाई भोजनको सेवाका साथै औषधी वितरण गरी आफ्नो जन्मदिन मनाउनु भएको छ ।
क्लबका अध्यक्ष हरि बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वि १ नेपालका वर्ष २०२१÷२२ का निर्वाचित डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले लायन्स क्लबहरुले नेपालमा धेरै मानविय तथा सामाज सेवाका कार्यहरुको गरेको बताउनु भयो । कोइरालाले आफ्नो जन्म दिनको अवसरमा क्लब मार्फत मानव सेवामा आश्रित मानवहरुलाई खाना र औषधीको व्यवस्था गरेकोको कार्यको आचर्यले प्रशंसा गर्दै शुभकामना दिनु भएको थियो ।
यसै गरी पूर्व डिष्ट्रि गभर्नर ध्रुव थापा, डिष्ट्रि ए ओ जी एवम् आश्रम संयोजन गर्नु भएका मोती राज तिमिल्सिना, डिष्ट्रिक्ट पि आर ओ नारायणहरि भण्डारी ,डिष्ट्रिक चेयरपर्सन लायन महेशकुमार तिमिल्सिना लागएतले लायन्स क्लबको वारेमा चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
आफ्नी आमा समाजसेवी ज्योती कोईराला, श्रीमती लायन निशा कोईराला ,छोरा मनिष कोईराला ,छोरी अंजलि कोईराला सपरिवारका साथमा उपस्थित हुनु भएका कोइरालाले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो भने क्लबका निर्वाचित सचिव अर्जुन भुजेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Related Articles

Close