अन्य

पार्टी फेर्दै हिँड्न खप्पिस कोमल वलीको टिकेन स्वतन्त्र उमेदवारी पनि, अन्तत लिइन् फिर्ता

Spread the love

दाङ, कात्तिक १९ – वाम गठबन्धकाविरुद्ध उम्मेदवारी दिएकी कोमल वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।वली र माओवादी केन्द्रका कुवेर वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

राप्रपा छोडेर एमाले प्रवेश गर्नु भएकी कोमल वलीले वाम गठबन्धनको आधिकारीक उम्मेदवार हिरा चन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।

तुल्सीपुरमा एमाले नेता शंकर पोख्रेल, उम्मेदवार हिराचन्द्र केसी र जिल्ला अध्यक्ष टिकाराम खड्काको उपस्थितीमा पत्रकार सम्मेलन गरी वलीले उमेदवारी फिर्ता लिएको घोषणा गरेको बताइएको छ ।

Related Articles

Close