समाचार

कोपिला नेपालद्धारा शैक्षिक तथा खेलकुद सामग्री वितरण

Spread the love

कोपिला नेपालद्धारा शैक्षिक तथा खेलकुद सामग्री वितरण
माझठाना, १६ बैशाख ।
पोखरा महानगरपालिका वडा नं. २८ साविक माझठाना गाविसको शिवकिरण आधारभुत विद्यालय , भगवती आधारभुत विद्यालय , रत्न शोभा मावि र जनमन्दिर आधारभुत विद्यालयमा अध्ययन गर्ने २१ जना विद्यार्थीहरुलाइ शैक्षिक एवम् खेलकुद सामग्री वितरण गरिएको हो ।

कोपिला नेपालले कठिन तथा अफ्ठेरो परिस्थितिका वालवालिकाहरुलाइ उक्त सामग्री एक कार्यक्रमका विच वितरण गरेको छ ।
कोपिला स्वावलम्बन विकास समाज कास्कीका अध्यक्ष नारायणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं.२८ का सदस्य विष्णु प्रसाद तिवारीले कोपिला नेपालले सहयोग गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए । विद्यालयका शिक्षकहरु एवम् अभिभावकहरुको उपस्थितिमा वितरण गरिएको कार्यक्रमको सञ्चालन कोपिला नेपालका प्रतिनिधि पवित्रा पौडेलले गरेकी थिइन् ।

Related Articles

Close