समाचारस्वास्थ्य

१५६ कोरोना संक्रमित थपिए, ६६ दशमलव २४ प्रतिशत डिस्चार्ज

Spread the love

काठमाडौं । नोभेल कोरोना भाइरसका १५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा  १५६ संक्रमित थपिएका हुन् ।

गत आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन शनिबार ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबार १४४ जना र मंगलबार र बुधबार फेरि घटेर ११६ जनामा कोरोना भाइरसको संक्रमित देखिएको थियो । बिहीबार १६७, शुक्रबार १०१ र शनिबार ५७ जनालाई कोरोना संक्रमण भएको पाइएको थियो ।

कुल कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२३ रहेको छ ।

पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट कैलाली र बाजुरा रहेका छन् ।

त्यसैगरी शून्य संक्रमित रहेका ८ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५८  जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ६९५ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ६६ दशमलव २४  प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।  पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको  छ ।

हालसम्म देशभरका २२ हजार ६६२ क्‍वारेन्टिनमा रहेका छन् भने  हजार  जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

सार्क सदस्य देशसँग नेपाललाई तुलना गर्दा प्रति १० लाखमा अफगानिस्तामा दुई हजार १३४, बंगलादेशमा ६ हजार १७६  श्रीलंकामा ६ हजार ३२७ पाकिस्तानमा सात हजार ७८८ भारतमा ९ ९८९ र नेपालमा  १० हजार ८२७ रहेको छ । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।

Related Articles

Back to top button