समाचारसमाजस्थानीय

वडाबासी सबैको सहयोगले नै कोरोनालाई जित्न सकिने ः अध्यक्ष दियाली

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, ५ भदौ ।
पोखरा महानगरापालिका वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले वडा नं.२८ का सम्पूूर्ण वडा वासीको सहयोगले नै कोरोना भाइरसलाई जित्न सकिने बताउनु भएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको केभिड १९ कोरोना भाइरस रोक थाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य तथा सुुरक्षाको मापदण्दलाई पालना गर्न उहाँले सबैमा आग्रह गर्नुु भएको छ ।
पोखरा महानगरपालिका छिमेकी वडा हुुँदै वडा नं.२८ को समुदाय स्तरमा सक्रमण देखिएको जानकारी दिंंदै कोरोना भाइरस माहामारी विरुद्ध लड्न वडाबाट जारी गरिएको स्वास्थ्य सुुरक्षाको मापदण्ड पालना गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि राजनिति दलहरु, वडाका सामाजिक संघ संस्थाहरु, युवा क्लबहरु, महिला समूहरु, टोल विकास संस्थाहरु, सुरक्षा निकाय लगाएत नागरीक समाज सबैमा यस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरिदिनुहुन अध्यक्ष दियालीले अपिल गर्नु भएको छ । अति आवश्यक वाहेक घर बाहिर ननिस्कन, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भिभाडमा नबस्न, चोक चौतारा, मठमन्दिरमा समूहगत रुपमा नबस्न, होम क्वारेन्टाइनमा बसेका नागरिकलाई मानविय व्यवहार गरी उचित सल्लाह सुझाव दिन पनि सम्पूर्ण वडावासीमा अध्यक्ष दियालीले आग्रह गर्नु भएको छ ।
कोरोना भाइरस वडा नं.२८ समुुदाय स्तरमा देखिन थाले पछि सिद्ध आधारभुत विद्यालयमा ७१ जनाको कन्ट्रायक ट्रेसिङ गर्दै पि सी आर परीक्षण गरीएको र सबैको रिपोर्ट नेगेटिभ आएको दियालीले जानकारी दिनु भयो । पछिल्लो पटक परिक्षण गर्दा ३८ वर्षिय एक युवकमा कोरोना पोजेटेभि देखिएको थियो । अहिले उनी पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारत रहेका छन् ।

Related Articles

Back to top button