Corona Virus #Covid 19समाचारस्वास्थ्य

४२१ कोरोना संक्रमित थपिए, संक्रमित ९ हजारभन्दा बढी

Spread the love

असार ७, काठमाडौं । नोभेल कोरोना भाइरसका ४२१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२१ संक्रमित थपिएका हुन् ।

हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए ।

गुल्मी छत्रकोट गाउँपालिका -५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी प्यारालाइसिसको उपचार गराउन भारत गइ जेठ २५ गते नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका थिए ।  उनको असार ५ गते निधन भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । देशभरका ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

कुल कोरोना संक्रमितको संख्या ९ हजार २६  पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । जसमा १४९ जना महिला रहेका छन् भने १ हजार ६२३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १९४ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १८६ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म एक लाख ७५ हजार १७३ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६२ हजार २७४ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ९४ हजार ९२८  मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार २३१  कोरोना संक्रमितहरु रहेका छन् ।

Related Articles

Back to top button