Corona Virus #Covid 19समाचारस्वास्थ्य

नेपालमा एकै दिन थपिए ६७१ जना कोरोना संक्रमित, मृतकको संख्या २२ पुग्यो

Spread the love

काठमाडौं, असार ४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी ६ सय ७१ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । थपिएकाहरु ८० महिलासहित ६ सय ७१ जना हुन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
दुवैजना कैलालीका हुन् । ४३ वर्षीया महिला र ४६ वर्षीय पुरुषको अस्पतालमा अघिल्लो दिन मृत्यु भएको र बुधबार बेलुकीमात्रै कोरोना पोजेटिभ देखिएको थियो ।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म एक हजार एक सय ८६ जना डिस्चार्ज भएका छन् ।
१ लाख १६ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका भन् भने ६ हजार ६ सय ४८ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म एक लाख ५५ हजार ५ सय १८ वटा पीसीआर परीक्षण भएको छ ।

Related Articles

Back to top button