समाचार

थप एकजनाको कोरोनाका कारण मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

Spread the love

काठमाडौं, जेठ २१ । बुधबार थप २०१ जना कोरोनाभाइरसको संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०१ संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमितमा १७९ जना पुरुष र २२ जना महिला हुन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३०० पुगेको छ ।

२१३० पुरुष र १७० महिला सहित संक्रमितको संख्या २३०० पुगेको छ ।

नेपालमा कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु भएको छ । बुधबार दोलखाका ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको जम्मा संख्या ९ पुगेको छ । नेपालमा कोरोना जित्नेको संख्या भने २७८ पुगेको छ।

Related Articles

Close