विश्वसमाचार

कोरोनाबाट मृत्यु हुनेमा ९५ प्रतिशत युरोपियन : डब्लूएचओ

Spread the love

चैत २० , डेनमार्क । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा ९५ प्रतिशत युरोपियन मुलुकका भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । युरोपस्थित डब्लूएचओका प्रतिनिधि डा. हान्स क्लजले विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुमा ९५ प्रतिशत युरोपियन भएको र ६० वर्षभन्दा माथिको भएको बताएका छन् ।

उनले भाइरसको संक्रमण जटिल हुनु उमेरभन्दा जोखिमको पक्ष नभएको बताएका छन् । ‘‘अर्बौं मानिसहरु लकडाउनमा छन्,’’ उनले भने, ‘‘विश्वको अर्थतन्त्रलाई नै तहसनहस भएको छ ।’’

“कोभिड-१९ ले वृद्धवृद्धालाई मात्रै प्रभाव पार्छ भन्‍ने सोच पूर्ण गलत छ,” कोपनहेगथस्थित अनलाइन न्युज कन्फरेन्समा उनले भने, “युवाहरु पनि पूर्ण सुरक्षित छैनन् ।”

यसअघि डब्लूएचओका महानिर्देशक टेड्रोस अदानोम गिब्रेससले पनि कोरोनाको संक्रमणको जोखिमबाट युवा पुस्ता बच्‍न नसक्‍ने बताएका थिए ।

संयुक्त राष्ट्र संघको स्वास्थ्य नियोगले कोरोना संक्रमणबाट गम्भीर भएकामध्ये १० देखि १५ प्रतिशत मानिसहरु ५० वर्षभन्दा कम उमेर समूहका रहेको बताएको छ । क्लजले भने, “२० वर्ष अथवा किशोरावस्थाका मानिसहरुमा पनि कोरोनाले गम्भीर असर संक्रमण गराएको र केहीलाई आईसीयूमा राखिएका छन् भने केहीको दुर्भाग्यवश मृत्यु भएको छ ।”

Related Articles

Check Also
Close
Back to top button