समाचारस्वास्थ्य

कोरोना संक्रमितको संख्या ५९ पुग्यो, देशभर ९४ जना ‘आइसोलेसन’मा

Spread the love

काठमाडौं, वैशाख १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके र रुपन्देहीमा एक/एकजनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रुपन्देहीमा २५ वर्षीय र नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको भन्दै उनीहरुसमेत गरी हाल ४३ जना संक्रमितहरु उपचारमा रहेको बताए ।

यस्तै, हालसम्म ४७ हजार ७९७ जनाको ‘आरडीटी’ र १२ हजार ५७७ जनाको ‘पीसीआर’ परीक्षण भएको पनि डा. देवकोटाले जानकारी दिए ।

देशभर २४ हजार ९०७ जना ‘क्वारेन्टाइन’मा र ९४ जना ‘आइसोलेसन’मा रहेको उनले जानकारी दिए ।

विराटनगरमा गर्भवती महिलाले उपचार नपाएर अस्पताल धाउनुपरेको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै डा. देवकोटाले त्यस घटनाको छानबिन गर्ने र लापरबाही भएको पाइए कारबाही गरिने बताए ।

Related Articles

Back to top button