गण्डकी प्रदेशविचार

कोरोनाको कहर , अर्थतन्त्र र कृषी आधुनिककरणका उपायहरु

Spread the love

पोखरा, १० असार ।
कहीले राजनैतीक द्धन्द ,कहीले भारतीय नाकावन्दी , कहीले भुकम्प त फेरी अहीले कोरनाको कहरले हामी दिन प्रतिदिन परर्निभरता तर्फ उन्मुख छौ । प्रवेशीका परीक्षा उत्तीर्ण गर्दा नगर्दै परिवार पाल्नकै निम्ति विदेशीन पासपोर्ट वनाउने लाईनमा लाग्नु पर्ने हाम्रा वाध्यता कोही कसैले टार्न नसकेकै हो ।
नपढेका मात्र हैन पढेका र सीप भएका पनि विदेशिनु पर्ने वाध्यता छ । अहिले त कोरनाको कहरका कारण विश्व आतङकीत भएका बेला वैदेशीक रोजगार पनी ठप्प हुने अवस्था छ । स्वदेशमा उत्पादीत जनशक्ती स्वदेशमानै खपत गराउने र राष्ट्र विकासमा जोड्न नसक्दा मुलुक उधो गती तर्फ उन्मुख छ । अर्को र्तफ स्वदेशमा युवाहरु आफ्रनो श्रम र सीप पोख्न निकै लजाउछन् । खाडीको ५० डिग्री तापक्रममा पसीना वगाउँदै जस्तो सुकै काम गर्न तत्पर हुने हाम्रा युवा स्वदेशमा ढलेको लोटा उठाउन तत्पर छैनन् ।
कृषी प्रधान देश नेपालमा कृषी उपज आयातको ग्राफ वर्षेनी वढ्दो छ । युवा शक्ति लाई कृषीमा आकर्षित गर्न नसक्दा देश भित्र सहज रुपमा उत्पादन हुन सक्ने हरियो तरकारी , अन्न , गेडागुडी र मसलाजन्य प्याज वेसार लसुन धनिया जस्ता कृषी उपज पनि ठुलो मात्रामा आयात हुने गरेको छ ।
चालु आवको चैत्र सम्ममा १ खर्व ३० अर्वको अन्न गेडागुडी र मसलाजन्य वस्तु आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चैत्र सम्म ४० अर्व २१ करोडको अन्न , २२ अर्व ४८ करोडको तरकारी ,१३ अर्व ५६ करोडको फलफुल , ३ अर्व ७० करोडको जिउदा जनावर , १ अर्व ४८ करोडको माछा , १ अर्व ३९ करोडको अन्डा , जिरा धनिया लगायतका मरमसला १ अर्व ७५ करोड ८० लाख को आयात भएछ । भरखरै प्रधान मन्त्रीले कोरनाको औसधी हाम्रै देशको वेसार भन्दै गर्दा चैत्र सम्म २८ कराडको वेसार भारत वाट मात्रै आयात भएको रहेछ ।
नेपालको माटोमा सवै किसिमको कृषी उपज उत्पादनका लागी अनुकुल छ तर सरकारले ठोस योजना वनाएर कार्यान्वयन नगर्दा सम्म कृषी उपजमा वर्षेनी ठुलो रकम वाहीर जादैछ । यूवाशक्तीलाइृ कृषीमा आकर्षीत गर्न सकीरहेको छैन । खेती योग्य जमिन वाझो रहने क्रम वढ्दो छ । २ लाख खर्च गरेर खाडी मुलुकमा दैनिक १५०० हाराहारी युवा शक्तीलाई तत्काल स्वदेशमा रोक्दै कृषी क्षेत्रमा लगाउन सकेमा आमुल परीर्वतन गर्न सकीन्छ । यसका लागी राज्यले तत्काल निम्न कुरा हरु कार्यान्वयन गर्नु र्पदछ ।
१) संघीय सरकारले कृषी ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र लाई कृषी क्षेत्रमा पुर्णरुपमा उत्तरदायी वनाउनु र्पदछ ।
२) स्थानीय निकायका कृषी कार्यक्रम हरु एक द्धार निती लागु गर्नु र्पदछ ।
३) स्थानीय शहकारी हरुलाइृ एक सहकारी एक उत्पादन अािवार्य गराउनु र्पदछ ।
४) वित्तिय संस्था वाट सहज रुपका सहुलियत कृषी कर्जा उपलव्ध गराउने व्यवस्था गर्न पर्दछ
५) वालि तथा पशु विमा राज्यले गरीदिनु र्पदछ ।
६) प्राङ्गरीक मल व्यवस्थापन गर्न राज्यले सहजिकरण गर्नु पर्दछ ।
७ं) उत्पादीत वस्तुको संकलन , भन्डारण र वजारीकरणको ग्यारेन्टी राज्यले गरीदिनुर्पदछ ।
८) जग्गा चक्लावन्दी गर्न आवस्यक व्यवस्था राज्यले गनुर्पदछ ।
९) जमिन वाझो राख्ने लाई जरीवाना र जोत्ने लाई उचित पुरस्कारको व्यवस्था राज्यले गनुर्पदछ ।

(लेखक ग्रामिण बिकास बैंक पुतली बजार श्यांजा शाखाका प्रमुख हुन् ।)

Related Articles

Back to top button